काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजे शुरू हुनेछ ।
लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदान उत्रिनेछ भने चितवन कुशल मल्लको नेतृत्वमा मैदान उत्रिनेछ । चितवन आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने लुम्बिनी शुरुवाती जितको खोजीमा हुनेछ । गत सिजन सोचेअनुरूप प्रदर्शन गर्न नसकेको लुम्बिनी यसपटक सुधारिएको प्रदर्शन गर्दै उपाधि दावेदारी प्रस्तुत गर्न चाहन्छ ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।
गत सिजन लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले हराएको थियो ।
