एनपीएलका दर्शकलाई नि:शुल्क बस सेवा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न गएका दर्शकको लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ(क्यान)को पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि आजबाट निः शुल्क बस सेवा सुरू गरिएको हो । खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध र अशक्तहरुको लागि नि:शुल्क बस सेवा उपलब्ध गराएको क्यानले जनाएको हो ।

मुस्कान ट्राभल्ससँग सहकारी गर्दै बस बेलुकी ६ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिएको छ ।

यस्तो छ रुट

रूट १: टियु गेट– स्वयम्भू – बालाजु
रूट २: टियु गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रूट ३: टियु गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तीनकुने – गौशाला – चाबहिल
रूट ४: टियु गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *