काठमाडौं । म्यानमारबाट भागेर थाइल्यान्ड प्रवेश गरेका ३७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरु नेपाल फर्काएको हो ।
आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन वेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा उनीहरूलाई लगाइएको थियो ।
गत कात्तिक २ गते स्क्यामिङ केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा मारेपछि त्यहाँ कार्यरत ३७ नेपाली भागेर थाइल्यान्ड प्रवेश गरेका थिए ।

