काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो ।
सुदूरपश्चिमका हर्मीत सिंहले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिए । काठमाण्डुले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । सुदूरपश्चिमले आज आफ्नो पहिलो खेल खेलिरहेको हो ।
