पोखरा । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट औपचारिक रूपमा सुरु भएको छ । भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा भुटान एयरले उडान गरेको हो ।
जेनजी आन्दोलनका कारण पूर्वनिर्धारित समय र टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने बताइएको छ ।
अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको जेनजी आन्दोलनका कारण री-सेड्युल भएको र मंगलबार पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको हो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सले जनाएको छ ।
