विराटनगरद्वारा पोखरालाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत जारी दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले पोखरालाई जितको लागि २ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २० रन बनाएको हो । जुन एनपीएलकै इतिहासको सबैभन्दा ठुलो योगफल हो । विराटनगरलाई विशाल योगफलमा पुर्याउन लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतक पुरा गरे । लोकेसले ४८ बलमा सात छक्का र एक चौकाको मद्दतमा ७२ रन बनाए । गुप्टिलले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा ६१ रन बनाउँदा शुभम रामजानेले ३८ बासिर अहमदले २३, नारायण जोशीले ११ र जोर्ज मुनसेले १० बनाए ।

पोखराको लागि म्याट टेलरले दुई विकेट लिँदा कुशल भुर्तेल, सागर ढकाल र आकाश चन्दले समान एक/एक विकेट लिए । अब पोखराले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *