दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई आज पक्राउ गरेको थियो ।

भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *