काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ को निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।
मंगलबार बिहान पार्टीका युवा नेताहरूसँगको कुराकानीमा कोइरालाले आगामी पुस महिनाभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘निर्वाचन भन्दा अगाडि मंसिर भित्र वा पुस भित्र अनिवार्य नियमित महाधिवेशन हुनुपर्यो । यदि भएन भने, केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्छ । यसले पार्टीलाई एकतावद्ध बनाउँछ र फुटबाट बचाउँछ ।’
महाधिवेशनलाई कांग्रेसमा विवाद छ । संस्थापन पक्ष निर्वाचनपछि र इतर पक्ष निर्वाचन अघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबारे निर्णय गर्न सकेको छैन ।
