पाइरेसीको चपेटामा एनपीएल, युट्युब र फेसबुकमा लाइभ छ्यापछ्याप्ती

काठमाडौं । आजबाट शुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) डिजिटल पाइरेसीको चपेटामा परेको छ । आज भएको साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेल सामाजिक सञ्जालमा छ्यापछ्याप्ती लाइभ भएको पाइएको छ ।

एनपीएलको टेलिभिजनमा प्रत्यक्ष प्रशारणको अधिकार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स र नेपाली च्यानल कान्तिपुर म्याक्स एचडी तथा ओटीटीका लागि भारतमा फ्यानकोड र नेपालसँगै विश्वका सबै देशमा डिशहोम गोले पाएको थियो । तर एनपीएलको उद्धाटन खेल युट्युब र फेसबुकका विभिन्न पेजहरुले अवैध तरिकाले प्रत्यक्ष प्रशारण गरेको पाइएको छ ।

डिशहोम गो एनपिएल हेर्न नेपालको लागि ३ सय रुपैयाँ, मिडल इस्टको लागि पाँच सय रुपैयाँ र भारत बाहेक अन्य देशका लागि १० अमेरिकी डलरको प्याकेज ल्याएको थियो । तर अवैध रुपमा प्रशारण भइरहेका लाइभ हजारौँ दर्शकले खेल हेरेको दिएको छ ।

उक्त लाइभमा प्रशारण गर्ने ओटीटी प्याटफर्मको लोगो छोपी लाइभ गरिएको छ  ।

खेलको पाइरेसी भएसँगै प्रशारणको अधिकार पाएको प्रसारकलाई चनौती थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *