नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी एकता सभा गर्ने, कहिले कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा एकता सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले १२ मंसिरदेखि एकता सभा गर्न लागेको हो । सुदूरपश्चिमबाट एकता सभा गर्न लागेको नेकपाले जानकारी दिएको छ ।

१२ मंसिरमा सुदूरपश्चिमको धनगढीबाट सुरु हुने एकता सभा १३ मंसिरमा दाङको देउखुरीमा, १४ मंसिरमा गण्डकीको पोखरामा, १५ मंसिरमा कोशीको विराटनगरमा र १७ मंसिरमा बागमतीको काठमाडौंमा हुनेछ ।

त्यसैगरी, १८ मंसिरमा कर्णालीको सुर्खेत, २० मंसिरमा मधेश प्रदेशको जनकपुरधाम, २३ मंसिरमा बागमतीको हेटौँडामा एकता सभा हुने नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *