काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले काठमाडौंलाई जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १८ रन बनाएको हो । जनकपुरको लागि आसिफ शेखले अर्धसतक बनाए । जारी सिजनको पहिलो अर्धसतक बनाएका उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै मयान यादवले नटआउट ३४ रन बनाउँदा लाहिरु समाराकोनले २२, लाहिरु मिलान्थाले ७, रुपेश सिंहले नटआउट ४ तथा जान निकोल लोफ्टी-इटन र सन्जय कृष्णमुर्थीले समान दुई/दुई रन बनाए ।
काठमाडौंको लागि मिलिन्द कुमारले ४ ओभरमा १५ रन दिएर तीन विकेट लिँदा करण केसी, शहाब आलम र सन्तोष यादवको नाममा समान एक/एक विकेट रह्यो । अब काठमाडौंले जवाफी ब्याटिङ गर्नेछ ।
