काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उद्धाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी तथा ओपनर आसिफ शेखले अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध जारी खेलमा अर्धसतक पूरा गर्दै आसिफ सिजनको पहिलो अर्धसतक पूरा गर्ने खेलाडी बनेका हुन् ।
एनपीएलमा उनको यो पहिलो अर्धसतक हो । आसिफले ३७ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ताजा अवस्थामा जनकपुरले १३ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ७६ रन बनाएको छ । हाल आसिफ शेख ५३ र मयान यादव ८ रन बनाउँदै क्रिजमा छन् । यसअघि लहिरु मिलान्था ७, लोफ्टी इटन र सन्जय कृष्णमुर्ति समान दुई/दुई तथा कप्तान अनिल कुमार शाह डकआउट भएका हुन् ।
काठमाडौंको लागि मिलिन्द कुमारले तीन र सन्तोष यादवले एक विकेट लिए ।
काठमाडौंको प्लेइङ ११ :- जोन सिम्प्सन, मोहम्मद आदील अलाम, जेर्हाड इरास्मस, भीम शार्की, आकाश त्रिपाठी, बेन चार्ल्सवोर्थ, मिलिन्द कुमार, रशिद खान, करण केसी(कप्तान), सन्तोष यादव, शाहाब अलाम
जनकपुरको प्लेइङ ११ : आसिफ शेख, लाहिरु मिलान्था, अनिलकुमार साह(कप्तान), जान निकोल लोफ्टी इटन, सन्जय कृष्णमुर्ति, किशोर महतो, मयान यादव, विकाश आग्री, रुपेश सिंह, ललितनारायण राजवंशी
