सुजन कडरियालाई अध्यक्षबाट पदमुक्त गर्ने अनेरास्ववियुको निर्णय, धामी अध्यक्ष

काठमाडौं । नेकपा एमाले निकटको अनेरास्ववियुले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ सामाजिक सञ्जालबाट राजीनामा दिएका कडरियालाई सोमबार बसेको अखिलको पदाधिकारी बैठकले पदमुक्त गरेर महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै, वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउनेसमेत निर्णय भएको छ

। बैठकले बाँकी पदको हकमा यथावत् हुने निर्णय गरेको छ । बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य एवं अखिल इन्चार्ज किशोर बिक्रम मल्ल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

बैठकले गरेको निर्णय सचिवालय र केन्द्रीय कमिटीमा निणायर्थ पेस हुनेछ । बैठकको अध्यक्षता संगठनको उपाध्यक्ष अञ्जना शिवाकोटीले गरकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *