नयाँदिल्ली । हैदराबादबाट ९ नोभेम्बरमा साउदी अरब गएका ४२ भारतीय तीर्थयात्रुको दुर्घटनामा मृत्यु भएको छ । मृतकमध्ये १६ जना हैदराबादका भएका राज्य सरकारले जनाएको छ ।
दुर्घटना भारतीय समय अनुसार सोमबार राति १ः३० बजे मदीना–मक्काबीचको मुफरिहात क्षेत्रमा बस डिजेल ट्याङ्करसँग ठोक्किँदा भएको हो । बसमा ४३ जना यात्रु सवार थिए। प्रारम्भिक रिपोर्टअनुसार केवल एक जनामात्र जीवित फेला परेका छन् र बाँकी सबै घटनास्थलमै जलेर मृत्यु भएको बताइएको छ ।
हैदराबादबाट ९ नोभेम्बरमा प्रस्थान गरेको समूहमा २० महिला र ११ बालबालिका थिए। समूहले मक्कामा उम्रा सम्पन्न गरी मदीना फर्कने क्रममा दुर्घटना भएको हो ।
तेलङ्गाना सूचना प्रविधि मन्त्री डी. श्रीधर बाबुले कम्तीमा १६ जना हैदराबादका नागरिकको मृत्यु भएको पुष्टि गर्दै पीडितहरू बजारघाट–मल्लेपल्ली क्षेत्रका भएको बताए।
