रूसद्वारा २०२६ मा ‘इल–११४ विमान’ क्षेत्रीय यातायातका लागि उपलब्ध गराउने योजना

मस्को । रूसका उद्योग तथा व्यापार उपमन्त्री जेन्नादी अब्रामेन्कोभका अनुसार, रूसमा निर्मित तीनवटा ‘इल–११४–३००’ विमानहरू सन् २०२६ मा क्षेत्रीय उडानका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

‘इल–११४–३००’ रूस निर्मित एक क्षेत्रीय टर्बोप्रप एयरलाइनर हो, जसलाई मुख्य रूपमा छोटो र मध्यम दूरीका उडानका लागि डिजाइन गरिएको छ ।

उपमन्त्री अब्रामेन्कोभले यी विमानहरू विशेष गरी रूसको टाढा पूर्वी क्षेत्र, साइबेरिया र उत्तरी क्षेत्रमा सञ्चालन हुने बताएका छन्, जहाँ विमानस्थलको पूर्वाधार सीमित छ र मौसमको अवस्था चुनौतीपूर्ण हुन सक्छ ।

उनले भने,“विमान सञ्चालनका लागि वित्तीय मोडेल विकास गर्न विमान सेवा तथा लिजिङ कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।”

इल–११४–३०० विमान इल–११४ टर्बोप्रप एयरलाइनरको आधुनिकीकरण गरिएको संस्करण हो । यसले पुराना अन–२४ विमान र विदेशी क्षेत्रीय जेटहरूलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्दछ । छोटो र अस्फ्टिक रनवेबाट पनि सञ्चालन गर्न सकिने यी विमानहरू टाढा र आर्कटिक क्षेत्रका चुनौतीपूर्ण वातावरणमा उपयुक्त मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *