काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । सोमबार दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने भनिएको बैठक अब मंसिर ४ गते बिहीबारका लागि सारिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरूको उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन्।

