नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

काठमाडौं ।  नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । नेपाल ट्रस्टको जग्गा यती समूहलाई भाडामा दिँदा राज्यलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धानका लागि कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यती समूहलाई भाडामा दिँदा कम मूल्यमा सम्झाैता गरेको आरोपमा ब्युरोले अनुसन्धान गरिरहेको थियो ।

कार्की नेपाल ट्रस्टको सचिव रहेका बेलामा सम्झाैता भएको थियो । उक्त प्रकरणमा ब्युरोले यसअघि सचिव लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *