तीन महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । असोजमा ५ खर्ब नाघ्दा गत साउन र भदौमा रेमट्यिान्य ३ अर्ब ५२ अर्ब आएको थियो । नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनमा अहिलेसम्मकै धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *