शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित आउटलेटमा गएराति आगलागी भएको हो ।

आउटलेट शुक्रबार मात्रै उद्घाटन गरिएको थियो । नेतृ चौधरीले घटन ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । आगजनीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

चौधरीले भनेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *