अब पनि मिलेनौं भने इतिहासले कसैलाई क्षमा गर्नेछैनः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने बेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म–समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *