ब्राजिलमा कोप–३० को मध्यतिर वार्ताकारलाई दवाव सिर्जना गर्न बृहत् प्रदर्शन

ब्राजिल । ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णमा पुग्न दवाव सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले बेलेमको सडकमा जुलुस निकालेका छन् ।

चर्को घाममा जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित अमेजन क्षेत्रका आदिवासी जनजातिहरू जुलुसमा उत्सव मनाउने वातावरणमा भेला भएको भान हुन्थ्यो तर उनीहरूले पृथ्वीको विशाल ‘समुद्र तटको संरक्षण’, ‘सुरक्षित अमेजन’, जस्ता शब्दहरू लेखिएको ब्राजिलको झण्डा बोकेका देखिन्थे।

ग्लासगोमा चार वर्षअघि कोप–२६ पछि वार्षिक जलवायु वार्तास्थल बाहिर भएको यो पहिलो ठूलो विरोध प्रदर्शन हो । पछिल्ला तीन सभाहरू प्रदर्शनप्रति कम सहिष्णुता भएका इजिप्ट, दुबई र अजरबैजानमा आयोजना भएका थिए।

आयोजकहरूले ‘ग्रेट पिपुल्स मार्च’ को नाम दिएको बेलेम जुलुस विवादास्पद वार्ताको मध्यतिर भएको छ। हप्ताको सुरुमा कार्यवाही अवरुद्ध गरेको दुई आदिवासी–नेतृत्वको विरोध प्रदर्शनपछि भएको छ।

पश्चिमी ब्राजिलका हुनी कुइन आदिवासी समूहका ५० वर्षीय सदस्य बेनेडितो हुनी कुइनले एएफपीसँग भने, “आज हामी नरसंहार देखिरहेका छौँ किनकि हाम्रो जंगल नष्ट भइरहेको छ।

“हामी अमेजनबाट हाम्रो आवाज बुलन्द गर्दै सकारात्मक नतिजाको माग गर्छौँ”, उनले भने, “हामीलाई हाम्रो अधिकारको रक्षा गर्न कोपमा थप आदिवासी प्रतिनिधिहरूको सुनिश्चितता चाहिएको छ।”

गरिबी विरोधी समूह ‘वार अन वान्ट’का ३१ वर्षीय बेलायती नागरिक टाइरोन स्कटले यो ‘आदिवासीको नेतृत्वमा, आन्दोलनको नेतृत्वमा रहेको र जनशक्तिद्वारा सञ्चालित मार्च’ भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *