कायरो । सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको खाँचो रहेको डेनिस शरणार्थी परिषद्का प्रमुखले एएफपीसँग बताएका छन् ।
सन् २०२३ अप्रिलमा युद्ध सुरु भएदेखि सुडानको सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण करिब एक करोड २० लाख विस्थापित भएका छन् र सुडानमा विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ।
डेनिस शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले छिमेकी चाडको सीमावर्ती क्षेत्रको भ्रमणपछि एएफपीसँग फोनमा भने,“हामी तीन करोडभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यक रहेको देख्छौँ।” उनले भने, “हामीले देखेको सुडानको पीडा कल्पनाभन्दा टाढाको बिषय हो ।”
विश्व बैङ्कका अनुसार सन् २०२४ मा सुडानको जनसङ्ख्या करिब पाँच करोड रहेको थियो । पछिल्लो समय भीषण लडाइँ भइरहेको सुडानको पश्चिमी डार्फर क्षेत्र चाडको सीमा क्षेत्रको स्थलगत भ्रमणपछि सहायता अधिकारीको टिप्पणी आएको हो।
हालैका हप्ताहरूमा हिंसा नाटकीय रूपमा बढेको छ, आरएसएफले १८ महिनाको घेराबन्दी र अत्याचारको रिपोर्टहरू बढेपछि डार्फरमा सेनाको अन्तिम नियन्त्रण एल–फासरको प्रमुख शहर कब्जा गरेको छ।
उनले भने, “त्यहाँ सबै अन्तर्राष्ट्रिय मानवीय कानूनहरूको उल्लङ्घन भएको छ।”
“गैर सरकारी संस्थाले सुडानमा सामूहिक हत्या र यौन हिंसाको भेटिएका बताएका छन्।” उनले भने, “हामी डार्फमा हिरासत, अपहरण, जबरजस्ती विस्थापन र यातनाका सयौँ घटना भेटिन्छन्।”
