तेस्रो प्रयागराज स्मृति फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १३ लाई

काठमाडौँ । तेस्रो प्रयोगराज सिंह सुवाल अन्तरवडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टीम विजेता बनेको छ ।

लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा शनिबार वडा नम्बर ४ को समूहलाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टीम विजेता भएको हो ।

निर्धारित समयमा दुवै टीमले गोल नगरेपछिको पेनाल्टीमा वडा नम्बर १३ ले २–० गोल अन्तरले उपाधि हासिल गरेको हो । उपाधिसँगै विजेता टोली वडा नम्बर १३ ले २ लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा नम्बर ४ ले १ लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो ।

वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, खेलका संयोजक गोपाल नापितले विजेताहरुलाई पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।प्रतियोगितामा २५ वटा वडा र महानगरपालिका केन्द्र गरेर २६ वटा टीम सहभागी थिए । प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *