तोसिमाको आक्रोशः ‘घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि !’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले घमण्ड र दबाबले पार्टी नचल्ने बताएकी छन् ।

शनिबार राति सामाजिक संजालमार्फत कार्कीले पार्टीको विस्तारित बैठकमा पार्टी बनाउने मार्गचित्र पेस नगर्न दबाब दिएको प्रसंग उल्लेख गर्दै यस्तो बताएकी हुन् ।

पार्टीमा निर्णयमा विधि पद्धति नअपनाएको भन्दै आक्रोश पोखेकी छन्। उनले भनिन्, ‘सबै अट्ने सबै खट्ने’ पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष बाध्य बन्यो । संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि । तर फेरि निर्णयमा न बहुमतको कदर भयो । न विधि पद्दतिमा नै चल्यो ।’

उनले ‘सबै अट्ने सबै खट्ने’ गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदै जाने बताएकी छन् ।

उनले भनेकी छन्, ‘घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेण्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, ‘सबै अट्ने सबै खट्ने’ गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदैछ। फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउँदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार शिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरु एकपछि अर्को निस्किन्छन् नै । कोही बोलेर कोही नबोलेरै । फेरि भन्छु, एक व्यक्तिले देश बन्दैन । देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *