महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा छः अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्‌घाटन गर्दै उनले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए।

‘महासङ्घले उद्यमी–व्यवसायीका समस्या समाधानका लागि प्रयत्न गर्दै आएको छ, श्रम समस्या होस् वा डेडिकेटेड ट्रंकलाइन विवादको विषय । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनलगायत उद्यमी–व्यवसायीका समस्या समाधानका लागि राज्यका जिम्मेवार पदाधिकारीसँग वार्ता गरी समाधानको प्रयत्न गरेका छौँ’, उनले भने।

उनले त्यसका लागि महासङ्घको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरू र त्यसका सदस्यहरूको सहभागितामा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *