नेकपा एमालेद्वारा देशभर जनसभा र प्रदर्शन(फोटोफिचर)

काठमाडौँ । नेकपा एमालेले आज अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ । एमालेले ‘प्रतिगामी षड्यन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम’ अन्तरगत शनिबार जिल्ला सदरमुकाम वा ठूला सहरहरुमा जनसभाको आयोजना गरेको हो । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् ।

पहिलो चरणमा कात्तिक २२ गते देशैभरि वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् ।

तेस्रो चरणको कार्यक्रम अन्तरगत शनिबार जिल्लाहरूमा जनसभा आयोजना गरिएको हो । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *