धनुषाको सबैला नगरपालिका–११ इनर्वास्थित श्री विद्यार्थी बाबा आश्रमको एरियल भ्यू । करिब १० विघा क्षेत्रफलमा रहेको यहाँ २०६५, २०७२ र २०८१ सालमा १ हजार ८ मण्डप बनाएर श्री विष्णु महायज्ञ भएको थियो । मण्डप निर्माणमा करिब ९४ लाख इट्टा प्रयोग भएको यहाँका विद्यार्थी बाबा बताउनुहुन्छ । संरक्षणको अभावमा अहिले आश्रम खण्डहर बनिरहेको छ ।
तस्बिरः अमरेन्द्रकुमार यादव/रासस









