मस्को । रुस र अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) बीच जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपिपी) मा आणविक र भौतिक सुरक्षाका विषयमा छलफल भएको रुसको सरकारी आणविक निगम रोसाटोमले जनाएको छ ।
‘कालिनिनग्रादमा परामर्शको क्रममा दुई पक्षका प्रतिनिधिहरूले क्रमशः अक्टोबरको अन्त्य र नोभेम्बरको सुरूमा पूरा भएका दुई उच्च–भोल्टेज प्रसारण लाइनहरूको मर्मत पछि प्लान्टको बाह्य बिजुली आपूर्ति पुनस्र्थापना गर्ने प्रयासमा ध्यान केन्द्रित गरेका छन्,’ रोसाटोमले भने ।
रोसाटोमका महानिर्देशक एलेक्सी लिखाचेभले आइएइएका प्रमुख राफेल ग्रोसीलाई प्लान्टको वर्तमान अवस्था र यसको सुरक्षित सञ्चालन सुनिश्चित गर्न चालिएका उपायहरूको बारेमा जानकारी गराएका थिए ।
रूस–युक्रेन द्वन्द्व सुरु भएदेखि सेप्टेम्बर २३ मा सको अन्तिम बाँकी ७५० किलोभोल्ट बिजुली लाइन काटिएपछि जेडएनपिपीले ग्रिडमा आफ्नो जडान गुमाएको छ । त्यसबेलादेखि प्लान्ट आपतकालिन सहयोगका लागि जडान गरिएको डिजेल जेनेरेटरद्वारा सञ्चालित छ।
