धनुषामा गोली हानी वडाध्यक्षको हत्या

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।

प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । अस्पालमा ल्याउने वित्तिकै चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *