नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार पार्टीका नेताहरूले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीलगायतका विभिन्न १० पार्टीबीच एकतापछि बनेको पार्टीले १९ कात्तिकमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ राखेर दल दर्ताको लागि निवेदन दिएको थियो ।

पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *