आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहले प्रधानमन्त्रीलाई बुझाए प्रस्तावित सम्झौतापत्र(पूर्णपाठ)

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजीका चार वटा समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्री कार्कीलाई सम्झौतापत्र बुक्राएका हुन् ।

जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेश संयोजक र नेपाल जेनजी फ्रन्टले सम्झौता पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

उनीहरुको सम्झौतापत्रमा देशमा लामो समयदेखि जरा गाडेको कुशासन, भ्रष्टाचार, जवाफदेहीहीनता, अपारदर्शिता र दण्डहीनता नै यो आन्दोलनको मूल कारण भएको उल्लेख छ ।

उनीहरुले घाइते र शहीद परिवारका समस्यामा दीर्घकालीन सम्बोधन गर्ने नीतिगत संरचना बनाउनुपर्ने, यसका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *