सुदन किराँती, सन्तोष परियार र दुर्गा सोबबीच ५ बुँदे सहमति, मङ्सिर ७ गते एकता घोषणा गर्ने

काठमाडौं । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती, नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोब र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीच पाँच बुँदे सहमति भएको छ ।

शुक्रबार उनीहरूबीच ललितपुरमा भएको लामो वार्तापछि सहकार्य गरेर अगाडि बढ्न पाँच बुँदे सहमति भएको हो । सहमतिमा एकता तथा ध्रुवीरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ।

सहमतिमा मङ्सिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्ने सहमति भएको बताइएको छ । परियारले शुक्रबारै रास्वपा छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *