काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका परियारले पार्टी परित्याग गरेका हुन् ।
उनले आफ्नो राजीनामा पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई बुझाएको जानकारी दिएका छन् । उनले आगामी योजनाबारे पछि जानकारी दिने बताए । यसअघि सुमना श्रेष्ठले पार्टी छाडेकी थिइन् ।

