‘जारी-२’ को ‘युमा हजुरी’

काठमाडौं । प्रदर्शन भइरहेको नेपाली फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माण कम्पनी बाँसुरी फिल्मस्को युट्युबमार्फत ‘युमा हजुरी’ गीत सार्वजनिक गरिएको हो ।

मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदका शब्द रहेको गीतमा मनोज र सुनिता थेगिमको स्वर छ । यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *