काठमाडौँ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल ५०० रुपैयाँले र त्यति नै परिमाणको चाँदीमा ६० रुपैयाँले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
