शाङ्घाइ (सिन्ह्वा) । चीनको जनमुक्ति सेनाको पहिलो टाइप–०७६जहाज ‘सिचुवान’ शुक्रबार बिहान शाङ्घाइबाट पहिलो समुद्री परीक्षणका लागि प्रस्थान गरेको छ ।
समुद्री परीक्षणअन्तर्गत जहाजको शक्ति, विद्युत् प्रणाली तथा अन्य प्राविधिक संरचनाको विश्वसनीयता र स्थिरता जाँचिने जनाइएको छ । स्वदेशमै विकास गरिएको यो नयाँ पुस्ताको युद्धपोत २०२४ डिसेम्बरमा आयोजित समुद्री अवतरण तथा नामकरण समारोहपछि पानीमा उतारिएको थियो ।
जहाजलाई हुल नम्बर ५१ दिइएको हो । त्यसपछि ‘सिचुवान’ को निर्माणकार्य निर्धारित योजनाअनुसार अघि बढ्दै आएको छ। यस अवधिमा जहाजले मोरिङ परीक्षण, उपकरण जडान जस्ता काम पूरा गरिसकेको जनाइएको छ ।
अब यो समुद्री परीक्षणका लागि आवश्यक सबै प्राविधिक मापदण्ड पूरा गरिसकेको छ । ४० हजार टनभन्दा बढी लोड क्षमता भएको ‘सिचुवान’ मा दुई–टापु संरचना र पूर्ण–लम्बाइको फ्लाइट डेक रहेको छ ।
यसमा नवीनतम विद्युत चुम्बकीय प्रणाली जडान गरिएको छ, जसले जहाजलाई फिक्स्ड–विङ विमान, हेलिकप्टर तथा विभिन्न उपकरणहरू सञ्चालन गर्न सक्षम बनाउँछ ।



