फेदीखोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशनमार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अधिकृत तथा जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँ बराबरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका १७ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्नेछ ।

सेयर जारी गर्नको लागि कात्तिक २६ गते सम्पन्न भएको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरे ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं. ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको यस आयोजनना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष रहको कम्पनीले जानकारी दिएको छ । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथा सम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने प्रबन्ध सञ्चालक दुलालले बताए । आयोजनाको तिव्र गतिमा निर्माण कार्य भैरहेको पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *