मधेश प्रदेशका सभामुखद्वारा पाँच सांसद पदमुक्त

जनकपुरधाम । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच सांसदलाई कारबाही गरेका छन् ।

लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गरेका हुन् ।

सभामुख मण्डलले नागरिक उनमुक्ति पार्टीकी सांसद उर्मिलादेवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् ।

पदमुक्त गरिएको सूचनामा भनिएको छ, ‘धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *