प्रधानमन्त्री कप छनोटमा निङ्गलाशैनी विजयी

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले निङ्गलाशैनी क्रिकेट क्लब विजयी भएको छ । निङ्गलाशैनीले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको हो ।

जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलपाल २७ दशमलब २ ओभरमा १४४ रनमा समेटियो । उसका लागि प्रदीप चन्दले ४० रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि कप्तान ऋषिकेश बोहराले ४ र गजेन्द्र बोहराले ३ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले ३९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनायो । उसका लागि गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी बने ।

बलिङतर्फ कैलपालका प्रदीप चन्दले ५ र कप्तान अमर चन्दले २ विकेट लिए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *