काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ २६ कात्तिकदेखि अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।


