अमेरिकी संसदद्वारा जारी ‘सटडाउन’ अन्त्य गर्ने विधेयक पारित

बीबीसी । अमेरिकाको ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ ले देशमा जारी ‘सटडाउन’ अन्त्य गर्ने विधेयक पारित गरेको छ । प्रतिनिधिसभामा भएको मतदानम शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको छ । दुई सांसद अनुपस्थित रहेका थिए ।

ह्वाइट हाउसका अनुसार अब राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि औपचारिक कार्यान्वयनमा जाने छ । लामो समयसम्म भएको शटडाउन पछिको अस्तव्यस्तता सामान्य अवस्थामा फर्किन भने अझै केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

किनभने करिब १२.५ लाख संघीय कर्मचारीले अक्टोबर १ देखि तलब पाएका छैनन् । हजारौं उडानहरू रद्द गरिएका छन् र यो क्रम यस हप्तासम्म पनि जारी रहने अनुमान छ । विधेयक पारित भएपछि प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भने, ‘हामी आज राहतको अनुभूति गर्छौं। डेमोक्रेटिक बन्द अन्ततः समाप्त भएको छ।’

बन्दपछि धेरै सरकारी कार्य अवरुद्ध भएका छन् । सिनेटले सरकारी खर्चसँग सम्बन्धित विधेयक पारित गर्न असफल भएपछि सटडाउन भएको थियो । सिनेटका सदस्यहरूले १४ पटक विधेयक अस्वीकार गरेका थिए । त्यसपछि अमेरिकामा ४० दिनभन्दा बढी समयदेखि सटडाउन छ। यो अमेरिकाको इतिहासमै लामो सटडाउन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *