दुर्गा प्रसाईँका २७ बुँदे मागः हिन्दू राज्य स्थापनादेखि प्रदेश संरचना खारेजीसम्म

काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकारसँग २७ बुँदे माग राखेको छ ।

बुधबार गृह मन्त्रालयमा महाअभियानका प्रतिनिधिले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन् ।

महाअभियानले ‘नेपाल नेपालीले नै बनाउने हो, नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, हिन्दू राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने’, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ ।

त्यसैगरी बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *