एनपीएलको खेलतालिका सार्वजानिक, अधिंकाश खेल फ्लडलाइटमा हुने

एजेन्सी । दोस्रो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको खेलतालिका अनुसार उद्धाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने भएका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा मंसिर  १ देखि शुरु हुने प्रतियोगिता खेलहरु फ्लड लाइटमापनि हुने भएको छ । ३२ खेल मध्ये २३ खेल डे नाइटमा हुनेछ । आठ टोलीबीच हुने प्रतियोगिताको समूहचरणमा २८ खेल हुनेछ ।

समूहचरणको शीर्ष दुई स्थानमा रहने टोलीबीच ९ डिसेम्बरमा पहिलो क्वालिफायरको खेल हुनेछ भने १० डिसेम्बरमा इलिमिनेटरको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल १३ डिसेम्बरमा पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच हुनेछ ।

खेलतालिका हेर्नुहोस् :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *