झापा महिला गोल्डकपको उपाधि पुलिसलाई

झापा । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको । सोमबार दिउँसो भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई १-० गोलले हराउँदै पुलिसले उपाधि जितेको हो ।

झापाको शिवसताक्षीस्थित दूधे रङ्गशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन मीना देउवाले निर्णायक गोल गरिन् । खेलको २१ औँ मिनेटमा मीनाले गोल गर्दै पुलिसलाई शूरुवाती अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पुलिस विजयी भएको हो ।

यससँगै पुलिसले महिला फूटबलमा एपीएफको दबदबालाई चिर्दै उपाधि जितेको छ ।

जितसँगै च्याम्पियन बनेको पुलिसले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता एपीएफले पाँच लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सार्वधिक गोलकर्ता पुलिसकी मिना देउवा, उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपीएफकी मन माया दमाई, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट फरवार्ड एपीएफकी अनिता बस्नेत, उत्कृष्ट प्रशिक्षक पुलिसका भोला नाथ सिलवाल र उदयमान खेलाडी आर्मीकी जेनिफर राना मगर चुनिन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *