काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली सोमबार भारत प्रस्थान गरेको छ ।
यही कात्तिक २५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव सुगम भट्टराईलगातले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
नेपालले पहिलो खेल कात्तिक २६ गते श्रीलङ्कासँग खेल्ने छ । विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङल्याण्ड सहभागी छन् ।
