एमालेमै फर्किइन् रामकुमारी झाँक्री(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठसहितका नेता–कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।

चार वर्षअघि एमालेबाट विद्रोह गरी माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मा गएका उनीहरु पुनः एमालेमा फर्किएका हुन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा ओलीले फर्किएका सबै नेताहरूलाई पार्टीको झण्डा र माला लगाएर स्वागत गरेका थिए ।

एमालेमा फर्किने नेताहरूमा झाँक्री र श्रेष्ठसँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिना, बबी चाम्लिङ, रूपा विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदारप्रसाद गौतमलगायत छन् । मालेले यो पार्टी प्रवेश अभियानलाई ‘घर फर्क अभियान’ नाम दिएको छ ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट नेताहरूले एमालेमा फर्किने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *