इम्रान ताहिर जनकपुर बोल्ट्समा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित स्पिनर इमरान ताहिर दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको लागि जनकपूर बोल्ट्समा आबद्ध भएका छन् । जनकपुरले आइतबार सामाजिक सञ्जालमार्फत ताहिरलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

पाकिस्तान मूलका ४६ वर्षीय ताहिर ५० भन्दा बढि टोलीबाट विभिन्न प्रतियोगिताहरु खेलिसकेका छन् । ताहिरले २० टेस्टमा ५७, १ सय ७ एकदिवसीयमा १ सय ७३ र टी-२० आईमा ३८ खेल खेल्दै ६३ विकेट लिएका छन् । उनले ४ सय ४६ टी-२० मा ५ सय ७० विकेट लिएका छन् ।

उनले इंग्ल्यान्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । जनकपुरले यसअघि श्रीलंकाका लाहिरु मिलान्था र दक्षिण अफ्रिकाकै तीव्र गतिका बलर वायन पर्नेललाइ अनुबन्ध गरिसकेको छ उनले इंग्ल्यान्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *