भरतपुर अस्पतालमा थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन। भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बीमा  गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बीमावापतको रकम हस्तान्तरण गरेको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बीमावापतको रकम हस्तान्तरण गरेको हो ।

कँडेलले उनीहरुको स्वास्थ्य बीमावापतको  दुई लाख ४१ हजार ५०० हस्तान्तरण गरेको हो । सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिमावापतको रकम प्रदान गर्दै आएको उनले बताए।

सुरुआतमा ३३ बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।

समाजले गरेको बिमाबाट बिरामीका परिवारले लाभ लिन पाउनेछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *