परिस्थितिलाई सम्हालेर अघि बढ्न सरकारलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री अर्यालले बालुवाटारस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा पुगेर उनीसँग भेट गरी अवस्था बिस्तारै सामान्यीकरण हुँदै गएको र सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिएर निर्वाचन गर्न तयार रहेको जानकारी गराए ।

पूर्वराष्ट्रपति भण्डारीले निर्वाचनमा सबै दललाई सहभागी गराउन आग्रह गर्दै निर्वाचन समयमा भएमा राष्ट्रलाई राम्रो हुने बताए । उनले अहिलेको अवस्थाको सुरक्षित अवतरण गर्नुपर्ने र परिस्थितिलाई सम्हालेर अघि बढ्न सुझाव दिए ।

यसअघि, आजै गृहमन्त्री अर्यालले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनी गरिएको काठमाडौँको चपलीस्थित पूर्वराष्ट्रपति भण्डारीको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *