पर्यटकीयस्थल नदै डाबमा कर्णाली याक्सको जर्सी सार्वजनिक

जुम्ला। पर्यटन प्रवर्द्धन र नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई सहयोग पुर्‍याउने उद्देश्यसहित कर्णाली याक्स क्रिकेट टिमको नयाँ जर्सी धार्मिक पर्यटकीय स्थल ‘नदै डाब’मा सार्वजनिक गरिएको छ।

तातोपानी गाउँपालिका–८ र जाजरकोट सिमानास्थित समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित नदै डाबमा युवा क्रिकेटप्रेमी हेमन्त शाहीनको नेतृत्वमा जर्सी सार्वजनिक गरिएको हो। शाहीनले भने, “यस किसिमको कार्यक्रमले स्थलको प्रचारप्रसारमा सहयोग पुर्‍याउने र स्थानीय जनतामा कर्णाली याक्सप्रतिको अपनत्व बढाउनेछ।”

कर्णाली याक्स टिममा कप्तान सोमपाल कामीसहित विदेशी खेलाडीहरूमा अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्याण्डका ओपनर म्याक्स ओडाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्धित छन्। नेपाली खेलाडीहरूमा गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री रहेका छन्।

यस कदमले उच्चस्थानिय पर्यटकीय स्थल र नेपाली क्रिकेट दुवैको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *